शुक्रबार, जेठ १, २०८३

‘माछी बस्ने’ गीतको म्युजिक भिडियो सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं मिडिया टप नेपालको प्रस्तुतिमा गायक गोपाल तिवारीको माछि बस्नेबोलको दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

रिपोर्टर्स क्लब नेपालमा मिडिया टप नेपालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।

सार्वजनिक गीतको लय/शब्द रचना माधव भण्डारीको रहेको छ। गीतमा गोपाल तिवारी र राधा तिवारीको आवाज छ।

राजेश तिमिल्सीनाको निर्देशन तथा प्रकाश धमलाको सम्पादन रहेको म्युजिक भिडियोमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ। भिडियोमा रामजि खाँड र करिश्मा ढकालको नृत्य देख्न सकिन्छ। भिडियोका दृश्यहरु करन चौसिरले क्यामरामा कैद गरेका छन्।

कार्यक्रममा बोल्दै गायक तिवारीले आफुले बजारमा ल्याएको यो भाकाबाट निकै आशावादी रहेका बताएका थिए। करिव १० बर्ष पहिले आए दिदीबोलको तीज भाकाबाट चर्चित बनेका गायक तिवारीले दर्जनौ गीतहरुमा आवाज दिइसकेको बताएका छन्।

कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ, नवलपरासिकी अध्यक्ष तथा गीतकी गायिका राधा तिवारी, हिमालयन ईन्टरनेश्नलका अध्यक्ष सविन घिसिङ, नेपाली राष्ट्रिय बाजा सारङ्गीका वरिष्ठ सर्जक खड्क गन्धर्व लगायतले शुभमना ब्यक्त गरेका थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्