शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अजरबैजान एयरलाइन्सको विमान दुर्घटनाग्रस्त, २५ जनाको जीवितै उद्धार

अजरबैजान एयरलाइन्सको विमान दुर्घटनाग्रस्त, २५ जनाको जीवितै उद्धार

 |  बुधबार, पुस १०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, पुस १०, २०८१

कजाकिस्तान- कजाकिस्तानमा ६७ यात्रुसहित उडेको एक विमान बुधबार दुर्घटनाग्रस्त भएको छ।  कजाकिस्तानको विपत् व्यवस्थापन मन्त्रालयले विमान दुर्घटनाको पुष्टि गर्दै २५ जना जीवितै अवस्थामा उद्धार गरिएको र तीमध्ये २२ जनालाई अस्पताल लगिएको जनाएको छ। 

एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र चालक दलका पाँच सदस्य गरी ६७ जना रहेको यातायात मन्त्रालयले जनाएको छ। अजरबैजान एयरलाइन्सले सञ्चालन गरेको उक्त विमान अक्ताउ शहर नजिकै खसेपछि आगो लागेको अधिकारीहरूले बताएका छन्। दुर्घटनाको कारण खुल्न सकेको छैन।

अजरबैजान एयरलाइन्सको जे२–८२४३ विमान अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नीका लागि उडेको थियो। आँधीबेहरीका कारण यसलाई ‘डाइभर्ट’ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।    -एएफपी

प्रकाशित: Dec 25, 2024| 15:14 बुधबार, पुस १०, २०८१
प्रतिक्रिया दिनुहोस्