रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर १ शीतलपुरस्थित दलित प्राविका विद्यार्थी फर्निचर र भवनको अभावमा बोरामा बसेर अध्ययन गर्दै । उक्त विद्यालयमा बाल विकास कक्षादेखि कक्षा ५ सम्म १९२ जना विद्यार्थी अध्ययनरत छन्।
पकाउने र पकाएको खाजा राख्ने ठाउँको अभावका कारण गत साउन महिनादेखि यस विद्यालयमा अध्ययनरत बालबालिकाले दिवा खाजासमेत खान पाएका छैनन्। विगत १७ वर्षदेखि विद्यालयको हालत यस्तै छ। तस्बिरः रमेश तिमल्सिना/रासस