बिहीबार, असोज २, २०८२

यस्तो छ आजको राशिफल [२०८१ पुस ७ गते]

 |  आइतबार, पुस ७, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

आइतबार, पुस ७, २०८१

vianetvianet

मेष:  
दिन राम्रो रहनेछ। लगानी बाट फाइदा हुनेछ। साथीभाइको सहयोगले राजनीतिक पहुँच विस्तार हुनेछ। विदेशमा गरिएको लगानी बाट लाभ पाउन सकिनेछ। पारिवारिक सम्बन्ध सहज बन्नेछ।  

Kumaribank

 वृष:  
साथीसँग सहकार्य गर्दा फाइदा हुनेछ। शैक्षिक प्रयासमा निरन्तरता आवश्यक छ। परिवारमा विश्वास गर्दा धोका पाउन सकिनेछ। प्रेम सम्बन्धमा खटपट बढ्न सक्छ।  

 मिथुन:  
अनुत्पादक क्षेत्रमा लगानी गर्दा घाटा हुनेछ। दाजुभाइको सल्लाहमा अघि बढ्दा दिन सहज बन्नेछ। सहकर्मीको प्रतिरोध सामना गर्न सचेत रहनुहोस्। परिवारको समर्थन प्राप्त हुनेछ।  

 कर्कट:  
धनलक्ष्मीको योग रहेको छ। सम्पत्तिको सदुपयोग गर्दा फाइदा हुनेछ। लगानीमा सफलता मिल्नेछ। बन्धुसँग सहकार्य गर्दा थप लाभ हुनेछ। राजनीतिमा सहभागिता बढ्नेछ। बौद्धिक व्यक्तिसँग समय बिताउँदा लाभ हुनेछ। तर, परिवारले शंका गर्न सक्ने भएकाले सचेत रहनु आवश्यक छ।  

 सिंह:  
भाग्य उदय हुनेछ। लगानीमा सफलता प्राप्त हुनेछ। पेटसम्बन्धी समस्या हुनसक्छ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। विपक्षीको सक्रियता हुँदा पनि आफ्ना कामलाई निरन्तरता दिनु उचित हुनेछ।  

Metro Mart

 कन्या:  
दिन राम्रो भए पनि गलत लगानीले घाटा हुनेछ। लगानी गर्नुअघि राम्रोसँग सोच्नु आवश्यक छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको समर्थन प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।  

 तुला:  
दिन सकारात्मक छ। सम्पत्ति आर्जन हुनेछ। शैक्षिक प्रयास सफल हुनेछ। साथीभाइको सहयोगले राम्रो कामको थालनी गर्दा फाइदा हुनेछ। दक्षिणतर्फ लामो यात्रा नगर्नु राम्रो हुनेछ।  

 वृश्चिक:  
दिन सहज रहनेछ। बोल्नुपूर्व विचार गर्नुपर्नेछ। आम्दानीका स्रोत बलिया छन्। सामाजिक लगानी बाट लाभ हुनेछ। औषधि समयमै सेवन नगर्दा पुरानो रोगले सताउन सक्छ। बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मन हल्का हुनेछ। तर, पारिवारिक सम्बन्धमा खटपट बढ्न सक्छ।  

 धनु:  
दिन राम्रो छ। विदेशमा गरिएको लगानी बाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। नयाँ र राम्रो कामको थालनी हुनेछ। तर, विपक्षी सक्रिय भएकाले हरेक काममा सतर्कता अपनाउनु पर्नेछ।  

 मकर:  
सञ्चित धन खर्च हुनेछ। सहकर्मीसँग सहकार्य गरेरमात्र निर्णय लिनु राम्रो हुनेछ। विपक्षीको सम्मान नगर्दा अप्ठ्यारो अवस्था आउन सक्छ। पारिवारिक क्षति बाट बच्न व्यवहारमा सतर्कता अपनाउनु पर्छ।  

 कुम्भ:  
शुभग्रहको प्रभाव रहेको छ। दीर्घकालीन योजना बनाउन सकिनेछ। गुरुसँग परामर्श लिँदा मन हल्का हुनेछ। परिवार बाट समर्थन प्राप्त हुनेछ। साथीहरूले महत्त्वपूर्ण काममा सहयोग गर्नेछन्।  

 मीन:  
दैनिकी सहज रहनेछ। पारिवारिक साथ र सहयोग प्राप्त हुनेछ। तर, बोली र व्यवहारमा अस्थिरता हुँदा विवाद हुनसक्छ। पूर्वतर्फ लामो यात्रा नगर्नु राम्रो हुनेछ। बिहान पिपलको दर्शन गर्दा दिन सहज बन्नेछ।

प्रकाशित: Dec 22, 2024| 05:30 आइतबार, पुस ७, २०८१
प्रतिक्रिया दिनुहोस्