शुक्रबार, साउन २९, २०८३

उपाधि जितेको जनकपुरका खेलाडी ललितले जिते मोटरसाइकल

 |  शनिबार, पुस ६, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, पुस ६, २०८१

काठमाडौं- नेपाल प्रिमियर लिग विजेता जनकपुर बोल्ट्सका ललित नारायण राजवंशी प्रतियोगिताकै ब्यालिस्टिक बलर बनेका छन्। उत्कृष्ट प्रदर्शन गर्दै राजवंशीले अल्ट्राभाइलेट इलेक्ट्रिक मोटरसाइकल जितेका छन्।

राजवंशीले प्रतियोगितामा १० इनिङ्स बलिङ गर्दै ४० ओभरमा २१३ रन खर्चिएर १७ विकेट लिए। यस शानदार प्रदर्शनले जनकपुरलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो।

एनपिएलमा सर्वाधिक विकेट लिने खेलाडीहरूको सूचीमा उनी दोस्रो स्थानमा रहेका छन्। 

प्रकाशित: Dec 21, 2024| 17:11 शनिबार, पुस ६, २०८१
प्रतिक्रिया दिनुहोस्