मंगलबार, मंसिर २३, २०८२

एनपिएल पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सलाई

 |  शनिबार, पुस ६, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, पुस ६, २०८१

काठमाडौं- पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ।

National life

फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुरले उपाधि उचालेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले १८४ रन बनाएर जनकपुरलाई १८५ रनको लक्ष्य दिएको थियो। यो लक्ष्य जनकपुरले ५ विकेट गुमाएर १९ ओभरमा पूरा गर्‍यो।

एनपिएलमा सुदूरपश्चिम र जनकपुरबीचको यो तेस्रो भिडन्त थियो। यसअघि लिग चरणमा र पहिलो क्वालिफायर दुवै खेलमा जनकपुरमाथि सुदूरपश्चिमले जित निकालेको थियो।

उपाधि विजेता टोलीले १ करोड १० लाख नगद पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले ५१ लाख प्राप्त गर्नेछ। प्रतियोगितामा तेस्रो भएको टोली कर्णाली याक्सले पनि २५ लाख प्राप्त गर्नेछ। चौथो स्थान हासिल गर्ने टोलीले १५ लाख पुरस्कार प्राप्त गर्नेछ।

प्रतियोगितामा उत्कृष्ट घोषित हुने खेलाडीलाई कार प्रदान गर्ने क्यानले यसअघि नै घोषणा गरिसकेको छ।

Laxmi sunrise bank
kumari

क्यानको आयोजनामा मंसिर १५ गतेदेखि सञ्चालन भएको एनपिएल पहिलो संस्करणमा विभिन्न आठ टोली काठमाण्डु गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स सहभागी थिए।

TU cricket maidan stadium1678956484.jpg
 

प्रकाशित: Dec 21, 2024| 15:53 शनिबार, पुस ६, २०८१
प्रतिक्रिया दिनुहोस्