मंगलबार, मंसिर २३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एनपिएल : उपाधि जितका लागि सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

एनपिएल : उपाधि जितका लागि सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

 |  शनिबार, पुस ६, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, पुस ६, २०८१

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा उपाधि जितका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्स सामू एक सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनायो।

National life

सुदूरपश्चिमका लागि ओपनरद्वय सैफ अलि जेब र बिनोद भण्डारीले शानदार सुरुआत गरे। उनीहरुले पहिलो विकेटका लागि एक सय १७ रनको साझेदारी गरे। सैफ अलि जेब अर्धशतकीय पारी खेले। उनले ४३ बल खेल्ने क्रममा आठ चौका र दुई छक्काको साहरामा ६९ रन बनाए। साथै बिनोद भण्डारीले ३१ बल सामना गर्दै एक चौका र तीन छक्कासहित ४१ रन बटुले।    

सुदूरपश्चिमका लागि अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन्। ब्राण्डन म्याक मुलेन र हर्मित सिंहले समान १४ रन बनाए भने  स्कट कुग्गेलेइनले १३ रन बटुले। अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। 

जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले तीन÷तीन विकेट लिए भने जिमी निशम र ललित राजवंशीले एक÷एक विकेट लिए।

सुदूरपश्चिम रोयल्सले क्वालिफायरमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरेको हो।

Laxmi sunrise bank
kumari

उपाधि विजेताले ट्रफीसहित रु एक करोड १० लाख र उपविजेताले रु ५१ लाख प्राप्त गर्नेछन्। साथै तेस्रो भएको कर्णाली याक्सले रु २५ लाख र चौथो भएको चितवन राइनोजले रु १५ लाख प्राप्त गर्नेछन्।

जारी प्रतियोगितामा दुवै टोली दुई पटक एकापसमा भिडिसकेका छन्। जसमा दुवै पटक जनकपुर बोल्ट्समाथि सुदूरपश्चिम रोयल्स हावी भएको थियो। लिग चरणको १८औँ खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो भने पहिलो क्वालिफायरमा जनकपुर आठ विकेटले पराजित भएको थियो।

प्रकाशित: Dec 21, 2024| 14:55 शनिबार, पुस ६, २०८१
प्रतिक्रिया दिनुहोस्