बुधबार, जेठ २०, २०८३

५१ दिन मनाउँदै पूर्णबहादुरको सारंगी, कति भयो कमाइ ?

 |  शुक्रबार, पुस ५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ५, २०८१

काठमाडौं- फिल्म ‘पूर्णबहादुरको सारंगी’ले अर्को एउटा इतिहास रचेको छ। फिल्मले सबैभन्दा धेरै हलमा ५१ दिन मनाउने इतिहास रचेको हो।

National life

फिल्मले आज शुक्रबार देशभरका ३८ हलमा ५१ दिन मनाउँदैछ। यति धेरै हलबाट कुनै पनि नेपाली फिल्मले ५१ दिन मनाएको यो पहिलो पटक लागेको हो।

फिल्मले ४२ दिनसम्म देशभर ४९ करोड २५ लाख रुपैयाँ ग्रस कमाएको छ। निर्माता कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले २९ नोभेम्बरसम्मको अन्तर्राष्ट्रिय बजारको कमाइ सार्वजनिक गरेको थियो। सात विदेशी बजारबाट फिल्मले सो अवधिसम्म २३ करोड ३५ लाख रुपैयाँ ग्रस (करिब १७ लाख ३० हजार अमेरिकी डलर) कमाएको विवरण सार्वजनिक भएको थियो।

नेपालको ६ साता र विदेशको बक्स अफिस हिसाब जोड्दा अहिलेसम्म ‘पूर्णबहादुरको सारंगी’को विश्वव्यापी कलेक्सन ७२ करोड ६० लाख हुन आउँछ।

सरोज पौडेल निर्देशित यो फिल्मले बाबुछोराको सम्बन्धको कथा भन्छ। विजय बराल, अञ्जना बराइली, प्रकाश सपुत र बालकलाकार स्वयं केसीको मुख्य भूमिका रहेको फिल्मलाई सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो।

Shivam cement

प्रकाशित: Dec 20, 2024| 11:43 शुक्रबार, पुस ५, २०८१
प्रतिक्रिया दिनुहोस्