आइतबार, मंसिर २८, २०८२

यादव भट्टराई निर्देशित फिल्म झिल्कोको प्रदर्शन मिति सर्‍यो

 |  बिहीबार, पुस ४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ४, २०८१

काठमाडौं- नेपाली चलचित्र ‘झिल्को‘को को प्रदर्शन मिति सरेको छ। चलचित्र निर्देशक यादवकुमार भट्टराईले प्रदर्शन १९ वैशाखलाई नयाँ मिति तय गरेको जानकारी दिए । यसअघि चलचित्रको फस्ट लुक सार्वजनिक गर्दै ५ पुसमा प्रदर्शन मिति घोषणा गरिएको थियो। 

National life

फिल्मको केही दृष्य छायांकन बाँकी रहेकोमा उक्त छायांकन गत आइतबार सम्पन्न भएको निर्देशक भट्टराईले जानकारी दिए। अब पोस्ट प्रोडक्सनमा थप केही काम गर्ने तयारीका साथ मिति सारिएको उनले बताए। ‘पोस्ट प्रोडक्सनमा समय लगाएर मजैले काम गर्ने उद्देश्यका साथ प्रदर्शन मिति धकेलेका हौँ,’ उनले बताए। झोला र भोरपछि यो उनको तेस्रो निर्देशकीय फिचर हो। 
चलचित्रमा सुनील पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल प्रमुख कलाकारका रूपमा रहेका छन्। मोबाइल दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्या र त्यसले परिवार र समाजलाई पार्ने प्रभावबारे फिल्म बनेको निर्माण टिमले जानकारी दिएको छ।

‘बालबालिकादेखि युवापुस्ता र ज्येष्ठ नागरिकसम्म सबैलाई गम्भीर रूपमा गाँजेको र ठूलो समस्याका रूपमा विकास हुँदै गएको दुर्व्यसनी डिजिटल दुर्व्यसनी हो। यही संवेदनशील विषय झिल्कोको कथा हो,’ निर्देशक भट्टराईले भने, ‘यो एक व्यवसायिक र बाल मनोविज्ञानमा आधारित पारिवारिक चलचित्र हो।’

फिल्मको ९० प्रतिशत दृष्य छायांकन गत वर्ष चैतमा सकिएको थियो। केही दृष्य फरक अन्तर राखेर हालै खिचिएको निर्देशक भट्टराईले बताए। सती प्रथाको कथामा ‘झोला’ फिल्म निर्माण गरेका भट्टराईले त्यसपछि सन् २०१९ मा दाइजो विरोधी फिल्म ‘भोर’ बनाएका थिए। 

‘झिल्को’ को पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरूणदेव जोशी र देवव्रतले तयार पारेका हुन्। निर्माता सुशीला आचार्य र रामगोपाल थापा हुन् भने कार्यकारी निर्माता उमेश पौडेल रहेका छन्। फिल्ममा दीपक बज्राचार्यको छायांकन तथा चण्डीप्रसाद काफ्ले र दीपक शर्माको संगीत छ। निमेश श्रेष्ठले फिल्मलाई सम्पादन गरेका हुन्। मिडिया फर कल्चर प्रालिको प्रस्तुतिमा फिल्म बनेको हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 19, 2024| 16:49 बिहीबार, पुस ४, २०८१
प्रतिक्रिया दिनुहोस्