बुधबार, जेठ २०, २०८३

एनपिएल पहिलो संस्करणको फाइनल शनिबार सवा १२ बजे

 |  बिहीबार, पुस ४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ४, २०८१

काठमाडौं- पहिलो संस्करणको एनपिएल फाइनल शनिबार सवा १२ बजे हुने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्नेछन्।

National life

जारी एनपिएलमा सुदूरपश्चिम र जनकपुरबीच अब तेस्रो भिडन्त हुने भएको छ। यसअघि लिग चरणमा र पहिलो क्वालिफायर दुवै खेलमा जनकपुरमाथि सुदूरपश्चिमले जित निकालेको थियो।

उपाधि विजेता टोलीले १ करोड १० लाख नगद पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले ५१ लाख प्राप्त गर्नेछ। प्रतियोगितामा तेस्रो भएको टोली कर्णाली याक्सले पनि २५ लाख प्राप्त गर्नेछ। चौथो स्थान हासिल गर्ने टोलीले १५ लाख पुरस्कार प्राप्त गर्नेछ।

प्रतियोगितामा उत्कृष्ट घोषित हुने खेलाडीलाई कार प्रदान गर्ने क्यानले यसअघि नै घोषणा गरिसकेको छ।

क्यानको आयोजनामा मंसिर १५ गतेदेखि सञ्चालन भएको एनपिएल पहिलो संस्करणमा विभिन्न आठ टोली काठमाण्डु गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स सहभागी छन्।

Shivam cement

प्रकाशित: Dec 19, 2024| 16:21 बिहीबार, पुस ४, २०८१
प्रतिक्रिया दिनुहोस्