मंगलबार, मंसिर २३, २०८२

एनपिएल फाइनल प्रवेशका लागि कर्णाली र जनकपुर भिड्दै

 |  बिहीबार, पुस ४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ४, २०८१

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन्।

National life

खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १२:३० बजे सुरु भएको छ। जनकपुरले टस जितेर फिल्डिङ रोजेको छ। यो खेलमा विजयी हुने टोलीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ।

लिग चरणमा चौथो स्थानमा रहेको कर्णालीले बुधबार भएको इलिमिनेटरमा चितवन राइनोजलाई पराजित गर्दै क्वालिफायर टु मा प्रवेश गरेको थियो। लिगमा दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्स भने क्वालिफायर वानमा सुदूरपश्चिम रोयल्सलाई पराजित गरेपछि क्वालिफायर टु खेल्न लागेको हो।

सुदूरपश्चिमसँग पराजित भएपनि जनकपुरका लागि फाइनल पुग्ने अर्को अवसर प्राप्त भएको छ।

प्रकाशित: Dec 19, 2024| 08:29 बिहीबार, पुस ४, २०८१
प्रतिक्रिया दिनुहोस्