बुधबार, जेठ २०, २०८३

एनपिएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स

 |  बुधबार, पुस ३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, पुस ३, २०८१

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टसलाई आठ विकेटले हराएको छ।

National life

यो जितसँगै सुदूरपश्चिम रोयल्स जारी एनपिएलको फाइनलमा प्रवेश गरेको छ।

टस जितेर जनकपुरले ९ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो। १ सय ४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।

सुदूरपश्चिमका लागि विनोद भण्डारीले अविजित ५८ रन जोडे। उनले ५५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। सैफी अली जैबले ३२ रनको योगदान दिएका थिए। ब्रैंडन मैकमुलेन २५ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरी २० रनमा अविजित रहे।

जनकपुरका लागि ललित राजवंशी र किशोर महतोले एक-एक विकेट लिए।

Shivam cement

पराजित जनकपुरले अब बिहीबार सवा १२ बजे दोस्रो क्वालिफायरमा कर्णाली याक्सको सामना गर्नेछ। यी दुईबीचको विजेताले शनिबार सुदूरपश्चिमसँग फाइनल खेल्नेछ। फाइनल शनिबार हुने तालिका छ।

 

प्रकाशित: Dec 18, 2024| 16:15 बुधबार, पुस ३, २०८१
प्रतिक्रिया दिनुहोस्