सोमबार, वैशाख ८, २०८२

'रवि लामिछानेलाई अमर्यादित व्यवहार भएको छैन, गलत प्रचार भयो'

 |  बुधबार, पुस ३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस ३, २०८१

vianetvianet

गृहमन्त्री रमेश लेखकले सहकारीको रकम ठगी, अपचलन र हिनामिना गर्ने सयौं मान्छे जेल गएको बताउँदै गलत गरेका कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पारेका छन्।

triton college

नेपाल प्रेस युनियन रुपन्देहीले आज तिलोत्तमामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कुनै अमर्यादित व्यवहार नभएको दाबी गरे। मकै पोल्ने, दिनभर ठेला चलाउने, ज्याला मजदुरी गरेर जम्मा गरेको पैसा हिनामिना गर्नेले भीड जम्मा गरेर न्यायका कुरा गर्न नसुहाउने उनले बताए।

‘लाखौं गरिब मान्छेको अर्बौँ‌ रुपैयाँ हिनामिना गर्ने, ठगी गरेर अर्काको रकम खाइदिने अनि मानव अधिकार उल्लंघन भयो भन्ने ? उहाँमाथि कुनै अवाञ्छित गतिविधि भएको छैन,’ उनले भने। गृहमन्त्री लेखकले काठमाडौंमा पक्राउ परेका लामिछाने हवाईजहाजमा पोखरा जान नमानेको बताउँदै चितवनबाट पोखरा गाडीमा जाँदा मानव अधिकार उल्लंघन भयो भन्नु कुतर्क भएको बताए।

मन्त्री लेखकले भीडले न्याय दिने भए प्रहरी, अदालत र न्यायाधीश किन चाहियो भन्दै प्रतिप्रश्न गरे। उनले सहकारी ठगीका मुख्य योजनाकार जीवी राईलाई अनुसन्धानका लागि ल्याउने कुरामा सरकार गम्भीरतापूर्वक लागेको दाबी गरे।

गृहमन्त्री लेखकले गृहमन्त्री फेरिँदा अपराध र अनुसन्धानका फाइल रोक्न प्रहरीलाई दबाब दिने काम बेठीक भएको बताए। ‘अनुसन्धान र कारबाही प्रमाणका आधारमा गर्ने हो, गृहमन्त्री फेरिँदा निकटका मान्छेको फाइल रोक्ने र अरूको फाइल अगाडि बढाउने प्रवृत्ति गलत हो,’ गृहमन्त्री लेखकले भने।

National life insurance

 

प्रकाशित: Dec 18, 2024| 11:18 बुधबार, पुस ३, २०८१
प्रतिक्रिया दिनुहोस्