काठमाडौं – सञ्चारकर्मी रवि लामिछानेले पूर्वपत्नी ईशासँग केही समयअघि नै सम्बन्ध विच्छेद भएको खुलासा गरेका छन्। उनले पहिली पत्नीसँग सम्बन्ध विच्छेद गर्नुका साथै विदेशी मूलकी दोस्री पत्नीलाई धोका दिएर तेस्री पत्नी भित्र्याउन लागेको भन्ने समाचार सञ्चारमाध्यममा आएपछि उनले फेसबुकमा स्ट्याटस लेख्दै आफ्नो व्यक्तिगत जीवनलाई लिएर बनाम गर्न खोजेको आरोप लगाएका छन्।
‘नचाहँदा नचाहँदै पनि आफ्नो व्यक्तिगत कुरा गर्नुप¥यो। मलाई पाइलैपिच्छे लडाउन, देशबाटै निकाला गर्ने लगायतका प्रयास विफल भएपछि अब मेरो निजी जीवनमा प्रवेश गर्ने प्रयास भइरहेको छ’, उनले भनेका छन्, ‘मेरी पूर्वपत्नीलाई प्रयोग गरी मेरो वास्तविक रुप अर्कै हो भन्ने देखाउन खोजिएको छ।’
उनले आफूले २४ वर्षअघि ईशासँग विवाह गरेको र अहिले सम्बन्धविच्छेद गरेको बताएका छन्। उनले मतभेद, अलगअलग बसाइ र बोलचालसमेत नभएपछि आफूहरुले राजीखुसी सम्बन्ध विच्छेद गरेको बताएका छन्। उनले आफू अमेरिकामा रहँदा पनि परिवारभन्दा अलग बस्ने गरेको बताएका छन्।
लामिछानेले पारिवारिक सम्बन्ध सुधार्न प्रयास गरेको भए पनि त्यो सम्भव नभएपछि विदेशी प्रेमिकासँग बस्ने गरेको ट्विटमार्फत जानकारी दिएका छन्। उनले विदेशी मूलकी प्रेमिकाबाट आफ्नो एक सन्तानसमेत रहेको बएका छन्। ‘सबैको भाग्यमा माया र परिवार लेखेको हुँदो रहेनछ’, उनले लेखका छन्, ‘दुनियाँको घर मिलाउने मैले आफ्नो घर मिलाउन के–के मात्रै गरिन हुँदा र?’
‘अदालतमा न्यायाधीका सामुन्ने राजीखुसी मसँग भएको र सायद भविष्यमा समेत हुन सक्ने सबै लिएर आफ्ना वकिल र उनका आफ्ना परिवारका सदस्यको रहोबरमा सम्बन्ध विच्छेद गरेर अमेरिका गएकी उनलाई के अन्याय भो मैले बुझिनँ’, लामिछानेले भनेका छन्, ‘म भागेको छैन। प्रत्येक मंगलबार, बिहीबार र शनिबार राति एउटा टेलिभिजन कार्यक्रम मार्फत आउँछु। श्रीमान्, म जिउँदै छु।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४