आइतबार, पुस ६, २०८२

राँगाको मासु चीन निर्यात गर्न सम्झौता

 |  सोमबार, पुस १, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस १, २०८१

काठमाडौं- राँगाको मासु चीन निर्यात गर्ने विषयमा सम्झौता भएको छ।

National life

हिमालयन फूड इन्टरनेशनल प्रालि नेपाल र साङ्घाइ जि याङ फूड कर्पोरेसन चीनबीच आज राजधानीमा आयोजित कार्यक्रममा सम्झौता भएको हो।

सम्झौता कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल-चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणमा यो सम्झौता कोशेढुंगा हुने बताए।

प्रधानमन्त्रीको चीन भ्रमणको समयमा नेपाल र चीनबीच राँगाभैंसीको मासु निर्यात गर्ने विषयमा सम्झौता भएको स्मरण गराउँदै उनले यो सम्झौताले नेपाली किसानलाई राँगाभैंसी पालनमा थप प्रोत्साहन मिल्ने बताए।

नेपालको हावापानी र विविध भौगोलिक बनोट पशुपालनका लागि उत्कृष्ट रहेको उनको भनाइ थियो। नेपालमा रागाँभैंसीपालन समाजको अभिन्न अङ्गको रूपमा रहेकोले यसको दिगो उत्पादन तथा उपलब्धता सुनिश्चित रहेको उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

उनले भने, ‘नयाँ पुस्तालाई समेत यसमा जोडी पुस्तान्तरणमा समेत काम गर्नुछ। नयाँ पुस्ता प्रविधिमैत्री भएको सन्दर्भमा हामीले यसमा समेत नवीन प्रविधिहरूको प्रयोग विस्तार गरी युवापुस्तालाई यसमा आकर्षण गर्नु पर्नेछ।’

विगतको तुलनामा नेपालमा विकासको रफ्तार बढेको भन्दै उनले गाउँबेसीसम्म बाटोघाटोको पहुँच पुगेसँगै ग्रामीण क्षेत्रमा उत्पादन गरिएका दूध तथा मासुलाई बजार पुर्‍याउन सहज भएको बताए।

यसरी उत्पादन भएका सामग्री वृद्धिहुँदा यिनको बजारीकरणको चुनौती समेत थपिएको भन्दै उनले नेपाली उपभोक्ताका अतिरिक्त विदेशमा सम्भावित बजार पहिचान गरी बिक्री वितरण हुने वातावरण बनाउन समेत आवश्यक रहेको उनले बताए।

नेपालको असल छिमेकी मुलुक चीनमा हालका दिनमा मासु निर्यातको सम्भावना देखिएकोले धेरै रोजगारीका लागि विदेश जान तयार नागरिक नेपालमा नै बसेर यो व्यवसाय सुरु गर्न उत्सुक हुने उनको भनाइ छ।

किसानले उत्पादन गरेका राँगाभैंसीको मासुको गुणस्तर सुनिश्चित गरेपछि नेपाली उपभोक्ताले प्रयोग गर्ने तथा चीन सरकारको मापदण्ड अनुसारको मासु निर्यात गर्न नेपाल सरकार प्रतिबद्ध रहेको मन्त्री अधिकारीले बताए।

नेपाली उत्पादनको गुणस्तर सुनिश्चित बनाउदै गुणस्तरीय वस्तु निर्यात सुनिश्चित गर्न प्रयासरत रहेको भन्दै उनले पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयन गर्दै आवश्यक कानुन नीति नियम बनाउन तथा सोको पालना गर्न गराउन सरकार दृढ रहेको उनले बताए।

हालै भएको प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा यसबारे सहमति भएको थियो।

प्रकाशित: Dec 16, 2024| 19:26 सोमबार, पुस १, २०८१
प्रतिक्रिया दिनुहोस्