बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध निर्वाचित

नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध निर्वाचित

 |  सोमबार, पुस १, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस १, २०८१

काठमाडौं- नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइराला निर्विरोध भएका छन्। संघमा आगामी कार्यकालको लागि अध्यक्षमा कोइरालाको एकल उम्मेदवारी परेको हो। 

National life

संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका सुरेन्द्र रेग्मी चयन भएका छन्। 

संघमा अध्यक्ष, उपाध्यक्ष र आठजना सदस्य रहने व्यवस्था छ। नेपाल बैंकका तिलकराज पाण्डे र कुमारी बैंकका रामचन्द्र खनाल सदस्य निर्विरोध भएका छन्। 

अहिले संघका सदस्य रहेका प्रभु बैंकका अशोक शेरचन, सानिमा बैंकका निश्चलराज पाण्डे, प्राइम बैंकका सञ्जीव मानन्धर, एभरेस्ट बैंकका सुदेश खालिङ, सिद्धार्थ बैंकका सुन्दर प्रसाद कँडेल हिमालयन बैंकका अशोक राणा कायमै रहनेछन्। 

उम्मेदवारीका लागि आजसम्म मनोनयन दर्ता गर्ने समय थियो। संघको साधारणसभा यही बुधबार हुँदैछ।

Shivam cement

संघ वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतको संस्थाको रूपमा रहेको छ।

प्रकाशित: Dec 16, 2024| 18:49 सोमबार, पुस १, २०८१
प्रतिक्रिया दिनुहोस्