शनिबार, माघ १०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालमा ब्रिटिश काउन्सिल आईएलटीएस उपहार २०२४ को विजेता घोषणा

नेपालमा ब्रिटिश काउन्सिल आईएलटीएस उपहार २०२४ को विजेता घोषणा

 |  सोमबार, पुस १, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस १, २०८१

काठमाडौं- ब्रिटिश काउन्सिलको आईएलटीएस उपहार सिजन २.० का विजेताहरू १० डिसेम्बर २०२४ मा एक कार्यक्रममा पुरस्कारहरूद्वारा सम्मानित गरिएको छ।

National life

सन् २०२३ मा आयोजित आईएलटीएस उपहारको सफलताको आधारमा, ब्रिटिश काउन्सिलले आईएलटीएस उपहार सिजन २.० यस पटककोे दोस्रो संस्करणमा आएलटिस परीक्षा दिनेहरूलाई धेरै ठूला र आर्कषक पुरस्कारहरू प्रदान गरेको छ।

सेप्टेम्बर २६ देखि नोभेम्बर ३० बीचको कुनै पनि आएलटिस परीक्षा दिने र अक्टोबर २०२४ पछि कम्प्युटर परीक्षण मितिहरूमा आईएलटीएसको लागि दर्ता गरी भुक्तानी पूरा गर्ने प्रशिक्षार्थीहरू यस वर्षको प्रस्तावको लागि योग्य थिए। ब्रिटिश काउन्सिल फेसबुक च्यानल मार्फत लक्की ड्र प्रक्रिया अन्तर्गत कुल पाँच विजेताहरूको चयन गरिएको थियो।

यस वर्ष दुई मासिक पुरस्कार विजेता र तीन बम्पर पुरस्कार विजेताहरू चयन गरिएको थियो। सेप्टेम्बर र अक्टोबरमा दर्ता भएका दुई भाग्यशाली मासिक विजेताहरूले एप्पल म्याकबुक एर प्राप्त गरेका छन्।

दुई भाग्यशाली विजेताले टर्किस एयरलाइन्स प्रायोजित युके र अमेरिकाको एकतर्फी टिकट जितेका छन् भने तेस्रो विजेताले ब्रिटिश काउन्सिलद्वारा प्रायोजित अस्ट्रेलियाको एकतर्फी टिकट जितेका छन्।

Laxmi sunrise bank
kumari

एप्पल म्याकबुक एर विजेताहरू

मिनर्भा चुनी ओङ्मु कार्की र केशव थापा युके र अमेरिकाका लागि एकतर्फी टर्किस एयरलाइन्स टिकट विजेताहरू- क्रमशः कनिस्का पौडेल र प्रणय शाक्य, अस्ट्रेलियाको एकतर्फी टिकट विजेता अनमोल खड्का, अभियान अवधिमा सबैभन्दा धेरै दर्ता गर्न योगदान दिने तीन शीर्ष आईएलटीएस साझेदारहरूको उत्कृष्ट प्रयासलाई पनि सम्मान गरिएको छ।

प्रत्येक साझेदारलाई उनीहरूको समर्थन र आईएलटीएस प्रवर्द्धन गर्न प्रतिबद्धताको लागि प्रशंसाको प्रतीकको रूपमा आईप्याड प्रदान गरिएको थियो।

अर्बिट मेडिकल एन्ट्रेंस (ओएमई), नेपाल शैक्षिक परामर्श संघ (इक्यान), केआइसी लर्निङ सेन्टर, कार्यक्रममा ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले भने, ‘परीक्षा दिन चाहनेहरुका लागि आगामी अवसरहरु मनाउन पाउनु सौभाग्यको कुरा हो। सरल भाषामा भन्नुपर्दा, आईएलटीएस परीक्षा मात्र होइन।

प्रकाशित: Dec 16, 2024| 17:13 सोमबार, पुस १, २०८१
प्रतिक्रिया दिनुहोस्