सोमबार, असार २३, २०८२

ब्रायन लाराले गरे डीपलको आधिकारिक ब्याटमा हस्ताक्षर

 |  सोमबार, पुस १, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस १, २०८१

vianetvianet

काठमाडौं– क्रिकेटको उमंग र विशिष्टताले भरिएको एउटा सुमधुर साँझ मनाउने क्रममा नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा डिपल ईभीको नेपालका लागि आधिकारिक वितरक चाङ्गान नेपालले महान क्रिकेटर ब्रायन लाराको सम्मानमा एक कार्यक्रम आयोजना गरेको छ ।

याक एण्ड यति होटलमा आइतवर आयोजित उक्त भेलामा क्यानका पदाधिकारी, एनपीएलका टिम सञ्चालक, क्रिकेटर तथा डीपलका ग्राहकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

विशेष कार्यक्रममा क्रिकेट लिजेण्ड ब्रायन लाराले क्यानका सचिव तथा डीपल ईभीका ब्रान्ड एम्बेसडर पारस खड्का र नेपालमा डीपलका मालिक विष्णुकुमार अग्रवालको उपस्थितिमा डीपलको क्रिकेट ब्याटमा हस्ताक्षर गरेका गरेका हुन् ।

कार्यक्रममा क्रिकेट लिजेन्ड लाराले प्रख्यात क्रिकेट होस्ट एन्ड्रयू लियोनार्डसँग क्रिकेटप्रतिको आफ्नो लगाव र अविस्मरणीय कथाहरू साझा गरे । एनपीएलका क्रिकेटरहरू र अन्य क्रिकेट उत्साहीहरूले ब्रायन लारासँग उनको विरासत र क्रिकेट करियरका बारेमा कुराकानी गरे ।

इतिहासकै महान क्रिकेटरहरू मध्ये एकका रूपमा लोकप्रिय ब्रायन लाराको उपस्थिति र उनको सफल करियरका कथाहरूले दर्शकहरूलाई मोहित बनाएको थियो । आफ्नो देशभन्दा टाढाका प्रशंसकहरूसँग घुलमिल हुने उनको क्षमताले उक्त साँझलाई साँच्चै विशेष बनाएको आयोजक कम्पनी चांगन नेपालले जनाएको छ ।

नेपालमा बढिरहेको क्रिकेटको उत्साहलाई मनाउन र जारी नेपाल प्रिमियर लिग (एनपिएल) को प्रवर्द्धनका लागि नेपाल आएका लाराको सम्मानमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको केन्द्रबिन्दुको रूपमा रहेका लाराले उपस्थितहरूका लागि दीर्घकालीन सम्झना र वर्षौंसम्म सम्झिने भावनात्मक सम्बन्धको चिनो स्वरूप डीपल क्रिकेट ब्याटमा हस्ताक्षर गरेका थिए । कार्यक्रमले नेपालको क्रिकेटप्रतिको माया र यसको बढ्दो विश्वव्यापी मान्यतालाई समेटेको थियो ।

डीपल १६२ वर्षको विरासत भएको चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी चाङ्गानको भविष्यवादी र बुद्धिमानी उप–ब्रान्ड हो। ८ महिनाअघि नेपालमा लन्च गरेपछि डीपल इभीका ६५० युनिटहरू बिक्री भइसकेका छन् जसमा गाडीहरू मुख्यतया यसको डिजाइन र प्रविधिका कारण ग्राहकको रोजाइमा परेका छन्।

डीपल ईभीजमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्ले, जेस्चर कन्ट्रोल तथा हेडरेस्ट र आउटडोर स्पिकरहरू लगायत १५ भन्दा बढी पहिलो पटक आविष्कार गरिएका फिचरहरू छन् जसले यसलाई छोटो अवधिमा नेपाली बजारमा सबैभन्दा लोकप्रिय ईभी बनाएको छ।

प्रकाशित: Dec 16, 2024| 17:07 सोमबार, पुस १, २०८१
प्रतिक्रिया दिनुहोस्