बुधबार, जेठ २०, २०८३

सेयर बजारमा ५१.३७ अंकको पहिरो, सबै परिसूचक राताम्य

 |  सोमबार, पुस १, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस १, २०८१

काठमाडौं- धितोपत्रको दोस्रो बजार मापक नेप्से परिसूचक आज सोमबार ५१.३७ अंकले घटेको छ। नेप्से १.९१ प्रतिशतले घटेर २,६३०.९१ को विन्दुमा झरेको छ।

National life

आज पाँच अर्ब ९३ करोड ५६ लाख रुपैयाँमा एक करोड २७ लाख ४५ हजार ७७७ कित्ता सेयर किनबेच भएको छ।

कारोबार भएका मध्ये आज २२७ कम्पनीको सेयर मूल्य घटेको छ। १५ कम्पनीको बढेको छ भने दुई कम्पनीको स्थिर छ।  

कारोबारमा रहेका १३ वटै समूहगत परिसूचक घटेको छ। कुथेली बुखारी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

सबैभन्दा धेरै गुमाउनेमा जानकी फाइनान्सको सेयर मूल्य ९.५८ प्रतिशतले घटेको छ।

Shivam cement

प्रकाशित: Dec 16, 2024| 15:14 सोमबार, पुस १, २०८१
प्रतिक्रिया दिनुहोस्