शनिबार, माघ १०, २०८२

एक महिनामै नेपालको सडकमा तीन सय नामी कार

 |  सोमबार, पुस १, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस १, २०८१

काठमाडौं- सार्वजनिक गरेको एक महिनामै ‘नामी’का तीन सयभन्दा बढी गाडी नेपालको सडकमा गुड्न थालेका छन्।

National life

फेसन र अटोमोटिभ इनोभेसनको फ्युजनले ग्राहकहरूको ध्यान खिच्दै नामीको डिजाइन, इनोभेटिव प्रविधि र प्रिमियम अपीललाई दर्शाएको थियो।

नाडा अटो शोमा नामीले नाडाभरि ७२० वटा भन्दा बढी बुकिङहरू प्राप्त गरेर आकर्षणको केन्द्र बन्दै आफ्ना उत्कृष्ट फिचर्सहरूले ग्राहकहरूलाई आकर्षित गरेको थियो।

फ्रेमलेस ढोका, मेमोरी सिटदेखि लेभल २ ए.डी.ए.एस सुरक्षा प्रणाली र १२.८ इन्चको एड्भान्सड इन्फोटेनमेन्ट कन्सोलसम्म भएको नामीले आराम, सुरक्षा र प्रविधिको इनोभेटिव फ्युजन प्रदान गर्दछ।

विभिन्न रङका विकल्पहरूको उपलब्धता र लक्जरियस डिजाइनले यसलाई आधुनिक ड्राइभरहरूका लागि अति आकर्शक विकल्प बनाएको छ।

Laxmi sunrise bank
kumari

सफलताको यस गतिलाई सदुपयोग गर्दै नामीले देशभरका ग्राहकहरूमा उत्साह ल्याउन क्षेत्रीय लन्चहरूको शृङ्खला नै सञ्चालन गर्यो। यी प्रयासहरूको सफलता नेपालको सडकहरूमा स्पष्ट देख्न सकिन्छ। नेपालको सडकमा गुडिरहेका ३०० नामी कारहरूले यसको भव्यता, दिगोपन र नवीनताको सशक्त बयान गर्दछन्।

एमएडब्लू वृद्धि मोटर्सका बिजनेस हेड प्रसन्न पन्तले ब्रान्डको अहिलेसम्मको यात्राप्रति उत्साह व्यक्त गर्दै नामीले अपेक्षाभन्दा धेरै माइलस्टोनहरू हासिल गरेको बताए। नेपालको सडकमा तीन सयभन्दा बढी नामी कारहरू देखिनु ग्राहकहरूको ब्रान्डप्रति गरेको विश्वास भएको उनको भनाइ छ।

 

प्रकाशित: Dec 16, 2024| 10:55 सोमबार, पुस १, २०८१
प्रतिक्रिया दिनुहोस्