सोमबार, असार २३, २०८२

बीवाईडी एम६ को बुकिङ खुल्यो, एक लाख ५० हजारसम्म छुट

 |  सोमबार, पुस १, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस १, २०८१

vianetvianet

काठमाडौं- साइमेक्स इंक बीवाईडी अटो इन्डष्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरक बीवाईडी एम६ को बुकिङ खुला भएको छ। नेपालकै पहिलो प्रिमियम ७ सिटर इलेक्ट्रिक एमपीभीको रुपमा यो पारिवारिक र व्यापारिक दुवै प्रयोजनका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार बीवाईडी एम६ को प्रारम्भिक मूल्य ६० लाख १५ हजार रुपैयाँ रहेको छ। हाल गाडी बुकिङ गर्ने ग्राहकलाई सीमित समयका लागि १ लाख ५० हजार रुपैयाँ नगद छुट समेत उपलब्ध हुनेछ। यो आकर्षक अफरका कारण शुरुमा गाडी किन्न चाहने ग्राहकले नेपालकै सबैभन्दा भर्सटाइल र इको–फ्रेन्ड्ली एमपीभी अविश्वसनिय मूल्यका साथ प्राप्त गर्न सक्नेछन्।

बीवाईडी एम६ एउटा क्रान्तिकारी एमपीभी (मल्टी युटिलिटी भेइकल) हो। जसमा नेपाली परिवार र व्यापारिक घरानाको चाहना पुरा गर्ने गरी लक्जरी, फङ्सनालिटी र सस्टेनेबिलिटी उपलब्ध छ।

यसमा भएका ७ प्रिमियम सिट, प्यानोरामिक ग्लास रुफ र ५८० लिटर सम्मको फ्लेक्जिबल लगेज क्यापासिटीको स्टोरेजले एम६ मा गरिने यात्रालाई कम्फर्ट र प्राक्टिकल बनाउँछ। बीवाईडी एम६ ले ११५ किलोवाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। यसबाट ३७.४ मिनेटमै फुल चार्ज गर्न सकिन्छ। यसकारण व्यस्त दैनिकी भएकाहरुका लागि यो परफेक्ट सवारी छ।

नेपालको इलेक्ट्रिक मोबिलिटीलाई अर्को फड्कोमार्फत रुपान्तरण गर्ने कार्यमा बीवाईडी एम६ ले प्रतिनिधित्व गरेको छ। कम सञ्चालन खर्च, शून्य उत्सर्जन र बहु–उपयोगी कार्यका कारण परिवारका साथै हस्पिटालिटी र पर्यटन व्यवसायका लागि बीवाईडी एम६ छनोट बन्नसक्ने कम्पनीले जनाएको छ।

हाल बीवाईडी एम६ बुकिङ गर्ने ग्राहकले नगद १ लाख ५० हजार छुट पाउने छन्। आगामी डिसेम्बर २४ अर्थात पुस ९ सम्मका लागि उपलब्ध यो अफरमार्फत अविश्वसनिय मूल्यमा प्रिमियम इलेक्ट्रिक एमपीभी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

 

प्रकाशित: Dec 16, 2024| 10:54 सोमबार, पुस १, २०८१
प्रतिक्रिया दिनुहोस्