बुधबार, जेठ २०, २०८३

यस्तो छ आजको राशिफल [२०८१ पुस १ गते]

 |  सोमबार, पुस १, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस १, २०८१

मेष: दिन सकारात्मक छ। शिक्षामा प्रगति हुनेछ। व्यापारमा फाइदा हुने सम्भावना छ। वैदेशिक क्षेत्रमा आकर्षण बढ्नेछ। पारिवारिक सम्बन्ध सुदृढ हुनेछ। प्रेम जीवनमा मिठास आउने संकेत छ। 

National life

वृष: दिन सहज छ। थोरै मिहिनेतले राम्रो आम्दानी हुनेछ। शिक्षामा सुधार हुनेछ। प्रयत्न गरे हरेक क्षेत्रमा सफलता हात पर्नेछ। चिसोबाट बच्न उचित हुनेछ। परिवारसँग रमाइलो समय बिताउने दिन हो।  

मिथुन: दिन सामान्य छ। साथीभाइको सहयोग मिल्नेछ। राजनीतिक पहुँचले अवसर प्राप्त हुने सम्भावना छ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। तर, परिवारसँग समय नदिँदा खटपट हुन सक्छ।

कर्कट: दिन सामान्य छ। अढैया शनि भए पनि शुभग्रहको प्रभावले सघाउनेछ। आफन्तसँग बोल्दा सतर्कता अपनाउनु राम्रो हुनेछ। बोली र व्यवहारमा मेल हुनु आवश्यक छ। पारिवारिक सुझाव अनुसार अघि बढ्दा सफलता मिल्नेछ।  

सिंह: शिक्षामा गरेको प्रयास सफल हुनेछ। व्यापारमा लाभ हुनेछ। एकल लगानीबाट फाइदा पाउने सम्भावना छ। गोपनीयता कायम राख्नु राम्रो हुनेछ। तपाईंको कामको निगरानी गर्नेहरू सक्रिय हुन सक्छन्।  

Shivam cement

कन्या: दिन सामान्य छ। ठूला व्यक्तिहरूसँगको सेवा र सहयोगको अवसर प्राप्त हुनेछ। आफन्तले फाइदा उठाउन सक्ने भएकाले सतर्क रहनु उचित हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। प्रेम जीवनमा मिठास आउने संकेत छ।  

तुला: सञ्चित धन खर्च हुने सम्भावना छ। साथीहरूसँगको कुराकानीमा सतर्क रहनुहोस्। चिसोबाट बच्न नसक्दा स्वास्थ्य समस्या हुन सक्छ। कला र प्रतिभाको प्रशंसा हुनेछ। परिवारको सल्लाहअनुसार अघि बढ्दा सफलता मिल्नेछ।  

वृश्चिक: दिन सामान्य छ। स्वास्थ्यमा सुधार आउनेछ। रोगबाट बच्न सहज हुनेछ। तर, बोली र व्यवहारमा तालमेल नहुँदा समस्या हुन सक्छ। बिहान पिपलको दर्शन गर्दा मन शान्त हुनेछ। दाम्पत्य जीवन सहज रहनेछ।  

धनु: दिन सकारात्मक छ। दैनिक कार्यहरू सहजै सम्पन्न हुनेछन्। तपाईंको प्रशंसा हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। गुरुसँग भेटघाटको सम्भावना छ। तर, विरोधीहरू सक्रिय हुन सक्छन्, त्यसैले बोलीमा ध्यान दिनुहोस्।  

मकर: सञ्चित धन खर्च हुनेछ। अनुत्पादक खर्च कटौती गर्नु लाभदायक हुनेछ। स्वदेशमा भन्दा विदेशमा लगानीको सम्भावनाले मन तान्न सक्छ। विदेशमा गरेको लगानीबाट राम्रो प्रतिफल मिल्नेछ।  

कुम्भ: दिन राम्रो छ। आफन्तले तपाईंको प्रशंसा गर्नेछन्। मनका कुरा व्यक्त गर्नु फाइदाजनक हुनेछ। स्वास्थ्यमा केही समस्या आउन सक्छ। विपक्षीहरू शान्त हुने भएकाले काम गर्न सजिलो हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।  

मीन: सञ्चित धन खर्च गर्ने बानीले तनाव सिर्जना गर्न सक्छ। व्यवहार र बोलीमा तालमेल आवश्यक छ। शिक्षामा गरेको लगानी लाभदायक हुनेछ। व्यापार सुरू गर्दा सहकर्मीको प्रशंसा प्राप्त हुनेछ।

प्रकाशित: Dec 16, 2024| 05:30 सोमबार, पुस १, २०८१
प्रतिक्रिया दिनुहोस्