शनिबार, असार २१, २०८२

एनपिएल

पोखरालाई पाँच रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा

 |  आइतबार, मंसिर ३०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३०, २०८१

vianetvianet

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई पाँच रनले हराएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सुदूरपश्चिमले दिएकोे एक सय ५४ रन लक्ष्य पछ्याएको पोखराले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४८ रनमा समेटियो। 

पोखराका लागि एन्ड्रिज गौसले सर्वाधिक ३६ रन बनाए। उनले २१ बलमा दुई छक्का र चार चौकाको मद्दतले ३६ रन बनाएका हुन््। त्यस्तै, रेमन रेफरले ३३, किरण ठगुन्नाले ३२, दिनेश खरेलले १५ र जेन मलिकले १० रन बनाए। 

पोखराका लागि माइकल लिस्कले पाँच, सागर ढकाल र दिलीप नाथले समान एक÷एक रन जोडे। यो खेलमा पोखराले अतिरिक्त १५ रन पाएको छ।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुग्गेलिजनले सर्वाधिक पाँच विकेट लिए। हरमित सिंहले तीन र सैफ जैबले एक विकेट हात पारे। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५३ रन बनाएको थियो। योसँगै सुदूरपश्चिम रोयल्स एनपिएलको ‘प्लेअफ’ चरणमा प्रवेश गरेको छ। 

प्रकाशित: Dec 15, 2024| 16:46 आइतबार, मंसिर ३०, २०८१
प्रतिक्रिया दिनुहोस्