शनिबार, पुस ५, २०८२

एनपिएल

विराटनगरसँग चितवन राइनोज ५१ रनले पराजित

 |  शुक्रबार, मंसिर २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २८, २०८१

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ। 

National life

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा विराटनगरले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३० रन मात्रै जोड्यो। 

चितवनका लागि अमर रौतेलाले सर्वाधिक ४२ रन बनाए। उनले २९ बलमा दुई छक्का र तीन चौका प्रहार गर्दै ४२ रन बनाएका हुन्। यस्तै, सन्तोष कार्कीले २८, कप्तान कुशल मल्लले २५ र रवि बोपाराले २० रन बनाए। 

चितवनका लागि हसन इसाखिलले पाँच, दीपक बोहराले दुई, बासिल हमिद र सोहेल तनवीरले एक/एक रन जोडे। चितवनले अतिरिक्त छ रन प्राप्त ग-यो। विराटनगरको लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक दुई विकेट लिए। यस्तै, क्रिस सोल, बसिर अहमद, सुवास भण्डारी र लोकेश बमले समान एक/एक विकेट लिए। 

त्यसअघि, टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो। विराटनगरको लागि बसिर अहमदले अविजित रहँदै अर्धशतक बनाए। उनले ४४ बलमा चार छक्का र चार चौका प्रहार गर्दै सर्वाधिक ६८ रन बनाए। 

Laxmi sunrise bank
kumari

त्यसैगरी मार्टिन गुप्टिलले ४५, राजेश पुलामी ३३, निकोलस किर्टन आठ र दीपक बोहराले चार रन जोडे। विराटनगरले अतिरिक्त २३ रन प्राप्त ग-यो। बलिङतर्फ चितवनका रिजन ढकालले सर्वाधिक दुई विकेट लिए। यस्तै, कप्तान कुशल मल्ल, सोहेल तनवीर र बासिल हमिदले समान एक/एक विकेट लिएका थिए।

प्रकाशित: Dec 13, 2024| 17:00 शुक्रबार, मंसिर २८, २०८१
प्रतिक्रिया दिनुहोस्