शनिबार, पुस ५, २०८२

कर्णालीसँग लुम्बिनी पाँच रनले पराजित

 |  शुक्रबार, मंसिर २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २८, २०८१

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले महत्त्वपूर्ण खेल जितेको छ।

National life

शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा कर्णालीले लुम्बिनी लायन्सलाई ५ रनले पराजित गरेको हो।

१२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीलाई अन्तिम ओभरमा जितका लागि ९ रन आवश्यक थियो। कर्णालीका कप्तान सोमपाल कामीले नन्दन यादवलाई डेथ ओभर बलिङमा पठाएका थिए। उनले तीन रनमात्रै दिँदा कर्णाली ५ रनले विजयी भएको हो।

यो जितसँगै कर्णालीको प्लेअफ सम्भावना बलियो बनेको छ। अब उसले लिगको अन्तिम खेल सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। 

प्रकाशित: Dec 13, 2024| 12:54 शुक्रबार, मंसिर २८, २०८१
प्रतिक्रिया दिनुहोस्