शनिबार, पुस ५, २०८२

एनपिएलमा आज कुनकुन टिम खेल्दैछन् ?

 |  बिहीबार, मंसिर २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २७, २०८१

नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पनि दुई खेल हुँदैछन्। बिहान सवा ९ बजे हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्स खेल्नेछन्।

National life

दुवै टोली अंक तालिकाको पुछारमा छन्। चार खेलमा तीन हारेको पोखरा सातौं र विराटनगर आठौं स्थानमा छन्।

सवा १ बजे हुने आजको दोस्रो खेलमा काठमाडौंले लिगमा अहिलेसम्म एक खेलमात्रै हारेको जनकपुरको सामना गर्दैछ। प्लेअफ सम्भावनालाई बलियो बनाउन काठमाडौंले आजको खेल जित्नुपर्ने हुन्छ। चार खेल खेलिसकेको काठमाडौंले दुई जितेको छ। 

पाँच खेलमा चार जितेको जकपुर प्लेअफमा पुग्ने निश्चित छ। 

प्रकाशित: Dec 12, 2024| 06:59 बिहीबार, मंसिर २७, २०८१
प्रतिक्रिया दिनुहोस्