शुक्रबार, भदौ ५, २०८३

यस्तो छ राप्रपा महाधिवेशनको नयाँ कार्यतालिका

रााष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

काठमाडौं– रााष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ। आगामी कात्तिक २७ गतेदेखि ३० गतेसम्म हुने महाधिवेशन कार्यतालिकाअनुसार वडा, गाउँरनगरपालिका, प्रदेशसभा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन भदौ मसान्तसम्म गरिनेछ। 

यस्तै सक्रिय सदस्यता वितरण÷डिजिटल इन्ट्री भदौ मसान्तसम्म गरिने कार्यतालिका सार्वजनिक गरिएको छ। साथै सचिवालयले सक्रिय सदस्यको अन्तिम सूची तयार गरी केन्द्रीय निर्वाचन समितिलाई असोज ७ गतेसम्म बुझाउनुपर्नेछ। प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन असोज २० गते हुनेछ भने असोज मसान्तसम्म महाधिवेशन प्रतिनिधिहरुको फोटोसहितको नामावली केन्द्रमा पठाउनुपर्नेछ। 

कात्तिक १५ गते केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन गरिनेछ। 

प्रकाशित: Aug 15, 2021| 19:15 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...