बुधबार, जेठ २०, २०८३

एनपिएलको प्लेअफ दौडबाट बाहिरियो रोहितको टिम लुम्बिनी

 |  बुधबार, मंसिर २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २६, २०८१

काठमाडौं- काठमाडौं गुर्खाजसँग पराजित भएसँगै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल)बाट बाहिरिएको छ।

National life

राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहितले नेतृत्व गरेको लुम्बिनी काठमाडौंसँग १८ रनले पराजित भएको हो।

काठमान्डुसँग पराजित भएसँगै लुम्बिनी एक खेल अगावै लिग चरणबाट बाहिरिने पक्का भएको हो। ६ खेल खेलिसकेको लुम्बिनीले जम्मा १ खेल जित्दा ५ खेलमा हार व्यहोरेको छ।

काठमान्डुले ४ खेल खेलेकोमा आजको दोस्रो जित हो र ४ अंक खातामा जोडेको छ। काठमान्डुले प्लेअफ सम्भावना पनि कायम राखेको छ।

काठमान्डुले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमा अलआउट भयो।

Shivam cement

लुम्बिनीका लागि सन्दिप जोराले २९ बल खेल्दै २ चौका मद्दतमा सर्वाधिक २६ रन बनाए। उन्मुक्त चन्दले १४ रन जोडे। सूर्य तामाङले अविजित ११ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङमा काठमान्डुका कप्तान करण केसीले ४ ओभरमा १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। दिपेश कँडेलले किफायती बलिङ गर्दै ४ ओभरमा ६ रन मात्र खर्चेर ३ विकेट लिए।

कीर्तिपुरस्थि टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको थियो।

प्रकाशित: Dec 11, 2024| 16:22 बुधबार, मंसिर २६, २०८१
प्रतिक्रिया दिनुहोस्