मंगलबार, पुस १, २०८२

उच्च अंकले बढ्यो नेप्से, पाँच अर्बको कारोबार

 |  बुधबार, मंसिर २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २६, २०८१

काठमाडौं- सेयर बजार परिसूचक नेप्से ४५.८८ अंकले बढेर २७१५.७१ बिन्दुमा उक्लिएको छ।

National life

आज ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। न्यादी हाइड्रोपावरको सकारात्मक सर्किट लेबलमा कारोबार भयो। म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक बढेका छन्।

वाणिज्य बैंक समूहमा सबैभन्दा बढोत्तरी भएको छ। आज ३०८ कम्पनीको १ करोड १३ लाख ८६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ।

३६ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा जानकी फाइनान्स अग्रस्थानमा रहेको छ। यसैगरी दोस्रो र तेस्रो स्थानमा क्रमशः रिभर फल्स पावर र एनआरएन इन्फ्रास्टक्चर परेका छन्।

प्रकाशित: Dec 11, 2024| 15:02 बुधबार, मंसिर २६, २०८१
प्रतिक्रिया दिनुहोस्