शनिबार, जेठ १६, २०८३

'कार्टुन्ज क्रुज' ले वेब सिरिज 'अन्तिम यात्रा' ल्याउँदै

 |  बुधबार, मंसिर २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २६, २०८१

चर्चित डान्सिङ समूह 'द कार्टुन्ज क्रुज' ले वेब सिरिज 'अन्तिम यात्रा' दर्शकमाझ ल्याउने भएको छ। सिरिजको टिजर क्रिसमस डे (पुस १०) मा स्ट्रिमिङ गर्ने तयारी रहेको यो समूहले पोस्टर सार्वजनिक गर्दै जानकारी दिएको छ।

National life

सिरिजको निर्माण, कथा, पटकथा र निर्देशन सरोज अधिकारीले गरेका छन्। कार्यकारी निर्मातामा विजय अधिकारी छन्।

सार्वजनिक पोस्टरले सिरिजको कथावस्तु, चरित्र चित्रण र मुड दर्शाएको छ। सिरिजमा सरोज अधिकारी, सिजल गौतम, विजय अधिकारी, सौरभ ढकाल, निश्चल कार्की, ज्योती खड्का लगायत कलाकार छन्।

शंकर भुजेलको छायांकन रहेको सिरिजमा सुरोज अधिकारीको सम्पादन छ।

एड्भेन्चर, कमेडी, हरर, रोमान्टिक ड्रामा जनरामा राखिएको यो सिरिज कार्टुन्ज क्रुको युट्युब च्यानलमा स्ट्रिमिङ हुनेछ। कार्टुन क्रुले यसलाई नेपालको पहिलो जम्बिज सिरिज भनेको छ।

Shivam cement

प्रकाशित: Dec 11, 2024| 14:51 बुधबार, मंसिर २६, २०८१
प्रतिक्रिया दिनुहोस्