शनिबार, पुस ५, २०८२

एनपिएलमा आज दुई खेल हुने

 |  मंगलबार, मंसिर २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २५, २०८१

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन्। पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स खेल्नेछन्।

National life

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एनपिएलमा हालसम्मको खेल प्रदर्शनका आधारमा सबैभन्दा बलियो जनकपुर बोल्ट्स छ। 

यसैगरी जारी एनपिएलमा चार खेल खेलेको सुदूरपश्चिम रोयल्स तीनमा जित तथा एउटा खेलमा हारका साथ दोस्रो स्थानमा छ। उसले चार खेलबाट ६ अङ्क जोडेको छ। 

चितवन राइनोज अंक तालिकाको तेस्रो स्थानमा छ। उसले हालसम्म चार खेल खेलेको छ। तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अंक छ। 

कर्णाली याक्सले चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै चार अंक जोडेको छ। कर्णाली चौथो स्थानमा छ।

Laxmi sunrise bank
kumari

पोखरा एभेन्जर्स दुई अंकसहित पाँचौं थानमा छ। उसले तीन खेलमा एकमा जित दुईमा बेहोरेको छ। 

काठमाडौं गुर्खाज दुई अंकसहित छैटौं स्थानमा छ। 

विराटनगर किंग्स दुई अङ्कका साथ सातौं स्थानमा छ। विराटनगरले तीन खेलमा हार तथा एउटामा मात्र जित निकालेको थियो। 

लुम्बिनी लायन्स चारवटै खेलमा हार बेहोर्दै अंक तालिकाको पुछारमा छ।

आइतबारसम्म १५ खेल भएका छन्। यही मङ्सिर १५ गतेदेखि सुरू भएको एनपिएलमा जनकपुर बोल्ट्स आफ्ना सबै खेलमा विजयी हुँदै अंक तालिकामा शीर्ष स्थानमा रहेको छ। उसले चार खेलबाट आठ अंक जोडेको छ।

प्रकाशित: Dec 10, 2024| 06:42 मंगलबार, मंसिर २५, २०८१
प्रतिक्रिया दिनुहोस्