आइतबार, मंसिर २८, २०८२

नेपाल आएको महँगो बीएमडब्लु गाडी साताभित्रै बिक्री

 |  सोमबार, मंसिर २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २४, २०८१

नेपालको सबैभन्दा महँगो लक्जरी गाडी बीएमडब्लु एक्स सेभेन एक्स ड्राइभ फोर्टीआई  एक हप्ताभित्रै बिक्री भएको छ।

National life

नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सका एक मात्र आधिकारिक आयातकर्ता र डिलर, लक्ष्मी प्रिमियम मोटर्सले ७ करोड पर्ने देशकै सबैभन्दा महँगो लक्जरी गाडी बीएमडब्लु एक्स सेभेन एक्स ड्राइभ फोर्टीआई ल्याएको एक हप्ताभित्र बिक्री गरेको हो।

कम्पनीका अनुसार यो मोडल कार्तिक २९, २०८१ मा नेपाल आयात गरिएको थियो। अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, मजबूती, सुरक्षा, शक्ति, र विलासी सुविधाले सुसज्जित यो गाडी अहिलेसम्मको सबैभन्दा महँगो लक्जरी गाडी हो ।

कम्पनीले जनाएअनुसार बीएमडब्लु एक्स सेभेन एक्स ड्राइभ फोर्टीआई को छोटो समयमा भएको सफल बिक्रीले नेपालमा प्रिमियम गाडीहरूको बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ।

यो उपलब्धिले नेपाली बजारमा लक्जरी गाडीहरूको बढ्दो प्रभावलाई थप सशक्त बनाएको छ। अमेरिकामा यो गाडीको मूल्य ८३ हजार ५ सय अमेरिकी डलर राखिएको छ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Dec 09, 2024| 16:08 सोमबार, मंसिर २४, २०८१
प्रतिक्रिया दिनुहोस्