मंगलबार, जेठ २०, २०८२

एनपिएलमा चितवनले सुदूरपश्चिमलाई ३३ रनले हरायो

 |  आइतबार, मंसिर २३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २३, २०८१

vianetvianet

नेपाल प्रिमियर लिग (एनपिएल) को आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्समाथि चितवन राइनोजले ३३ रनको जित हात पारेको छ।

टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएकी थियो। १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १३१ रन बनाउँदा अलआउट भयो।

अहिलेसम्मका चार खेलमा सुदूरपश्चिमको यो पहिलो हार हो। यसअघि उसले लगातार तीन खेल जितेको थियो।

एनपिएलका सुदूरपश्चिम ६ अंकका साथ दोस्रो स्थानमा छ भने चितवन तेस्रो स्थानमा छ। कर्णाली याक्स चौथो स्थानमा छ। आठ अंक बनाएको जनकपुर बोल्ट्स प्लेअफमा पुगिसकेको छ।

प्रकाशित: Dec 08, 2024| 16:17 आइतबार, मंसिर २३, २०८१
प्रतिक्रिया दिनुहोस्