बुधबार, जेठ २०, २०८३

एनपीएलः चितवन राइनोजले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य

 |  आइतबार, मंसिर २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २३, २०८१
National life
Shivam cement

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको आज भएको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई जितका लागि एक सय ६५ रनको लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६४ रन बनायो। उसका लागि ओपनर हसन एइसाखिलले सर्वाधिक ६५ रन बनाए। उनले ५२ बल खेल्ने क्रममा छ चौका र तीन छक्का प्रहार गरे।
    
साथै रवि बोपाराले १८ बलमा दुई चौका र दुई छक्काको साहरामा ३६ रन बनाए भने विपीन रावलले १७ रनको योगदान दिए। त्यसैगरी कप्तान कुशल मल्लले १३, सन्तोष कार्कीले नौ र अमर रौतेलाले छ रन बनाए।
    
सुदूरपश्चिमका लागि स्कट कुगेलिजिनले दुई विकेट लिए भने ब्राण्डोन म्याक मुलेन, दीपेन्द्र सिंह ऐरी, सैफ जेबले समान एक–एक विकेट लिए। सुदूरपश्चिम अहिले जवाफी ब्याटिङमा उत्रिएको छ।

प्रकाशित: Dec 08, 2024| 15:52 आइतबार, मंसिर २३, २०८१
प्रतिक्रिया दिनुहोस्