आइतबार, माघ २५, २०८२

'मैले जिउने संसार' लिएर आए बलबहादुर र मेलिना

 |  आइतबार, मंसिर २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २३, २०८१

काठमाडौं- जेल पनि सहुँला जस्ता चर्चित गीत दिएका गायन जोडी बलबहादुर राजबंशी र मेलिना राईको स्वरमा मैले जिउने संसार बोलको गीत सार्वजनिक भएको छ।

National life

गीतको शव्द रमेश मास्केले लेखेका हुन् भने गीतमा संगीत स्वयम् गायक बलबहादुर राजबंशीको नै रहेको छ। गीतमा संगीत संयोजन सुरज श्रेष्ठले  गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीको रहेको छ।

गीतमा नायक कुङ्साङ बोम्जन र आरजु चौधरी राजबंशीको अभिनय देख्न सकिन्छ। गीतको छायांकन  तथा सम्पादन पवन सुसलिङले गरेका हुन् भने निर्देशन जीवन शाहिले गरेका हुन्।

गीत जति मिठो छ भिडियो पनि त्यतिनै आकर्षक बनेको छ । गायक राजबंशी भोईस अफ नेपाल सिजन २ का टप नाइनसम्म पुगेका गायक पनि हुन्। गायक राजबंशीका  नेपाली मात्र नभै राजबंशी , भोजपुरी र मैथली भाषामा धेरै गीतहरु सार्बजनिक भइसकेका छन्।उक्त गीतलाई बल बहादुर राजबंशी युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।

Laxmi sunrise bank

प्रकाशित: Dec 08, 2024| 13:07 आइतबार, मंसिर २३, २०८१
प्रतिक्रिया दिनुहोस्