बुधबार, जेठ २०, २०८३

एनपिएलमा रोहितको टिम लुम्बिनीको लगातार चौथो हार

 |  आइतबार, मंसिर २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २३, २०८१

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर रोयल्सले लगातार चार खेलमा जित निकालेको छ।

National life

आइतबार लुम्बिनी लायन्समाथि एक रनको रोमाञ्चक जित निकाल्दै जनकपुरले लगातार जित हात पारेको हो। यता लुम्बिनी लायन्स भने लगातार चार खेलमा पराजित भयो।

जितसँगै जनकपुरको प्लेअफ सम्भावना बलियो हुँदा लुम्बिनीको कमजोर भएको छ।

१३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ८ विकेटको क्षतिमा १३५ रन जोड्न सक्यो। लुम्बिनीले अन्तिम तीन ओभरमा पाँच विकेट गुमाउँदा २४ रन बनाउन सकेको थियो। थप दुई रन बनाउन नसक्दा लुम्बिनी पराजित भयो।

लुम्बिनीका कप्तान रोहित पौडेल ३० रन र टम मुर्स ३१ रनमा आउट भए। टस जितेको लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जनकपुरले ९ विकेट गुमाएर १३६ रन बनाएको थियो।

Shivam cement

प्रकाशित: Dec 08, 2024| 12:33 आइतबार, मंसिर २३, २०८१
प्रतिक्रिया दिनुहोस्