बुधबार, कात्तिक १९, २०८२

एनपिएलमा आज कुन-कुट टिम खेल्दैछन् ?

 |  आइतबार, मंसिर २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २३, २०८१

काठमाडौंको कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा आज आइतबार पनि दुई खेल हुने भएका छन्।  

Kumaribank

पहिलो खेलामा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सको सामना गर्नेछ। लुम्बिनीले जारी एनपिएलमा एक खेल पनि जित्न सकेको छैन। जनकपुर भने अपराजित टोली हो। जनकपुरले लगातार तीन जित निकालेको छ। 

आइतबारको खेल हारेको खण्डमा लुम्बिनीको प्लेअफ यात्रा कठिन हुनेछ। दोस्रो खेलमा अर्को अपराजित टोली सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको सामना गर्नेछ। 

पहिलो खेल बिहान ९:१५ बजे र दोस्रो खेल दिउँसो १:१५ बजेदेखि हुनेछ।

प्रकाशित: Dec 08, 2024| 06:59 आइतबार, मंसिर २३, २०८१
प्रतिक्रिया दिनुहोस्