शनिबार, साउन ३०, २०८३

दक्षिण भारतमा कार तालमा खस्दा पाँच जनाको मृत्यु

 |  शनिबार, मंसिर २२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २२, २०८१

नयाँ दिल्ली- भारतको दक्षिणी राज्य तेलङ्गानामा शनिबार बिहानै कार तालमा खस्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै एक जना घाइते भएको पुष्टि भएको छ।

दुर्घटना राज्यको यादद्री भुवनगिरि जिल्ला जलालपुर नजिकै भएको हो। कार चालकले गाडीमाथि नियन्त्रण गुमाएकाले दुर्घटना भएको देखिन्छ।
राज्यको राजधानी हैदरावादबाट भुदन पोचमपल्ली क्षेत्रमा निकै तीव्र गतिमा गुडिरहेको कार दुर्घटनामा परेको बताइएको छ।

प्रहरीका अनुसार पाँचै जनाको शव निकालिएको छ भने घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।   -सिन्ह्वा

प्रकाशित: Dec 07, 2024| 13:16 शनिबार, मंसिर २२, २०८१
प्रतिक्रिया दिनुहोस्