बुधबार, फागुन २८, २०८१

एनपीएलमा सुदूरपश्चिमको लगातार तेस्रो जित

 |  शनिबार, मंसिर २२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २२, २०८१

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ।​

health

सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ४५ रनले हराउँदै तेस्रो जीत निकालेको हो। यसअघि सुदूरपश्चिमले काठमाडौं गुर्खाज र विराटनगर किंग्सलाई हराएको थियो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो।

१ सय ८८ रनको विजयी लक्ष्य पच्छ्याएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रनमात्रै बनायो।

लम्बिनी लायन्सको यो लगातार तेस्रो हार हो। लुम्बिनी यसअघि विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो।​​

प्रकाशित: Dec 07, 2024| 13:10 शनिबार, मंसिर २२, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्