बुधबार, जेठ २०, २०८३

महासंघमा कांग्रेस र एमालेका पत्रकारबीच भागवण्डा

 |  शुक्रबार, मंसिर २१, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २१, २०८१

काठमाडौं- नेपाल पत्रकार महासंघको नेतृत्वमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालबीच भागबण्डा भएको छ।

National life

चौतारीले अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजक सहित २२ सदस्य पाएको छ भने महासचिवसहित बाँकी पदाधिकारी प्रेस युनियनले पाएको छ।

प्रदेशको नेतृत्वमा पनि भागबण्डा भएको छ। यसअनुसार कोशी, मधेश, कर्णाली र उपत्यकाको अध्यक्ष चौतारीले लिनेछ भने बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानको अध्यक्ष युनियनले पाउनेछ।

जिल्ला अध्यक्षहरुमा पनि भागबण्डा भएको छ। ४१ जिल्ला अध्यक्ष युनियन र ३६ जिल्ला अध्यक्ष चौतारीले लिनेछ। 

२८ मंसिरमा हुने महाधिवेशनका लागि आज मनोनयन दर्ता हुँदैछ। 

Shivam cement

पत्रकार महासंघको निर्वाचन मिति पटक पटक तोकिए पनि हुन सकेको छैन। सदस्यता विवादका कारण निर्वाचन हुन नसकेको हो। निर्वाचन गराउन नसकेर अध्यक्ष विपुल पोखरेल र उपाध्यक्ष रमेश विष्टले राजीनामा दिइसकेका छन्।


 

प्रकाशित: Dec 06, 2024| 13:02 शुक्रबार, मंसिर २१, २०८१
प्रतिक्रिया दिनुहोस्