बुधबार, जेठ २०, २०८३

मतदाता नामावली दर्ता यही मंसिर २३ गतेबाट

 |  शुक्रबार, मंसिर २१, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २१, २०८१
National life
Shivam cement

काठमाडौं- निर्वाचन आयोगले देशभरका सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यायलयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने काम सुरु गर्ने निर्णय गरेको छ।

यही मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु हुने भएको हो। यसअघि गत मंसिर १५ गते सम्पन्न उपनिर्वाचन प्रयोजनका लागि मतदाता नामावली दर्ता गर्ने काम स्थगित गरिएको थियो।

निर्वाचन सम्पन्न भई परिणाम समेत प्राप्त भएकाले नियमित नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गरिएको आयोगले जनाएको छ। आयोगको वेबसाइटमार्फत आवेदन भरेमा बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ।

प्रकाशित: Dec 06, 2024| 12:55 शुक्रबार, मंसिर २१, २०८१
प्रतिक्रिया दिनुहोस्