सोमबार, मंसिर २९, २०८२

सर्केगाडको उपाध्यक्षमा माओवादी केन्द्रकी तिमिल्सिना विजयी

 |  मंगलबार, मंसिर १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १८, २०८१

हुम्ला- हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको स्थानीय तहको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की देवकी तिमिल्सिना विजयी भएकी छन्।

National life

नेपाली कांग्रेसका उम्मेदवार सविता बुढालाई पछि पार्दै माओवादी केन्द्रकी उम्मेदवार तिमिल्सिनाले ४३ मत अन्तरले विजयी भएकी हुन्। सर्केगाडमा छ हजार आठ सय १० मतदाता रहेकामध्ये चार हजार पाँच सय २४ मत खसेको थियो।

तिमल्सिनाले एक हजार छ सय ३७ मत ल्याएर विजयी भएकी हुन्। उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी बुढाले एक हजार पाँच सय ९४, नेपाल कम्युनिष्ट पार्टी (एमाले)की जाना शाहीले एक हजार एक सय ३२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सङ्गीता शाहीले ५१, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की बाँचा बुढाले २५ र स्वतन्त्र उम्मेदवार नरेश शाहीले नौ मत प्राप्त गरिन्।

खसेको मतमध्ये ७८ मत बदर भएका छन्। विसं २०७९ मा कांग्रेस र माओवादी केन्द्रले मिलेर निर्वाचन लडेकामा उक्त गठबन्धनबाट कांग्रेसका तर्फबाट अध्यक्ष पदका र माओवादीका तर्फबाट उपाध्यक्षमा पदका उम्मेदवार विजयी भएका थिए।

उपाध्यक्ष चन्द्रसिंह कार्कीको गत भदौ ४ गते गाडी दुर्घटनामा परेर निधन भएसँगै रिक्त पदमा उपनिर्वाचन भएको हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 03, 2024| 07:08 मंगलबार, मंसिर १८, २०८१
प्रतिक्रिया दिनुहोस्