सोमबार, मंसिर २९, २०८२

कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका डंगोल निर्वाचित

 |  सोमबार, मंसिर १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १७, २०८१

काठमाडौं- कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन्।

National life

सुरूवातदेखि नै अग्रता हासिल गरेका कांग्रेसका कृष्णमान डंगोलले ५३३४ मत पाएर जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ४५५५ मत पाएका छन्।

त्यस्तै नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४३३७ पाए। स्वतन्त्र उम्मेदवार राजमान महर्जनले २०३६ मत, स्वतन्त्र उम्मेदवारहरू कविकुमार महर्जनले १३१४ मत र दिनेशकुमार अधिकारीले १०४८ मत पाए।

यसअघि मेयर पदमा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी बनेका थिए। उनले ९०४३ मत प्राप्त गरेका थिए।
 

प्रकाशित: Dec 02, 2024| 22:53 सोमबार, मंसिर १७, २०८१
प्रतिक्रिया दिनुहोस्