सोमबार, मंसिर २९, २०८२

कीर्तिपुरको मेयरमा कांग्रेसका डंगोल जित नजिक

 |  सोमबार, मंसिर १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १७, २०८१

कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेस जिततर्फ अग्रसर भएको छ।

National life

वडा नम्बर १ देखि १० सम्मको मतगणना हुँदा कांग्रेसका कृष्णमान डंगोल पहिलो स्थानमा छन्। अहिले १० नम्बरको मतगणना जारी छ।

पछिल्लो मतपरिणाम अनुसार उनले ५ हजार ६९ मत प्राप्त गरेका छन्। सुरूआतदेखि नै दोस्रो स्थानमा रहेका नेकपा एमालेका सुरेन्द्र मानन्धर तेस्रो स्थानमा झरेका छन्।

नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले उछिन्दै दोस्रो स्थानमा आएका हुन्। मानन्धरले ३९९७ पाउँदा महर्जनले ४११९ मत प्राप्त गरेका हुन्। माओवादीका महर्जन १२२ मतले अगाडि गएका हुन्।

स्वतन्त्र उम्मेदवार राजमान महर्जन चौथो स्थानमा छन्। उनले १८७६ मत पाएका छन्।

Laxmi sunrise bank
kumari

यस्तै स्वतन्त्र उम्मेदवारहरू कविकुमार महर्जनले १२८९ र दिनेशकुमार अधिकारीले १०४३ मत पाएका छन्।
 

प्रकाशित: Dec 02, 2024| 21:20 सोमबार, मंसिर १७, २०८१
प्रतिक्रिया दिनुहोस्