बिहीबार, चैत २१, २०८१

किन संन्यास लिन लागे 12th FAIL अभिनेता विक्रान्तले ?

 |  सोमबार, मंसिर १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १७, २०८१

vianetvianet

काठमाडौं- बलिउड अभिनेता विक्रान्त मासेले अभिनयबाट संन्यास लिने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत अभिनयबाट संन्यास लिने निर्णय गरेको जानकारी दिएका हुन्। 

triton college

उनले भनेका छन्, 'पछिल्लो केही वर्ष शानदार रह्यो। तपाईंहरूको लगातार समर्थनको लागि सबैलाई धन्यवाद दिन चाहन्छु। तर म अगाडि बढ्दै गर्दा आफूलाई फेरि सन्तुलित गर्न र घर फर्किने समय आएको महसुस हुन्छ। एक श्रीमान्, बुबा, छोरा र अभिनेताका रूपमा पनि। २०२५ मा हामी अन्तिम पटक एकअर्कासँग भेट्छौं।' 

विक्रान्तले अभिनयबाट संन्यास लिने कारण खुलाएका छैनन्। उनले सन् २०१३ मा फिल्म 'लुटेरा' बाट बलिउडमा डेब्यू गरेका हुन्। उनले 'दिल धड्कने दो, छपाक, १२ वीं फेल' जस्ता फिल्ममा अभिनय गरेका छन्। '१२ वीं फेल' बाट उनले निकै तारिफ बटुलेका थिए।

उनी पछिल्लो समय 'द साबरमती रिपोर्ट' मा देखिएका थिए। अब उनी 'यार जिगरी' र 'आँखोंकी गस्ताखियां' मा देखिनेछन्। दुवै फिल्म २०२५ मा रिलिज हुनेछन्। अब यसपछि अभिनय नगर्ने उनले बताएका छन्।
 

प्रकाशित: Dec 02, 2024| 19:02 सोमबार, मंसिर १७, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्