शनिबार, कात्तिक २९, २०८२

कीर्तिपुरमा १२ हजार भोट गनियो, कांग्रेसको अग्रता कायमै

 |  सोमबार, मंसिर १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १७, २०८१

यही आइतबार भएको उपनिर्वाचन अन्तर्गत नगर प्रमुखका लागि मतदान भएको एकमात्र नगरपालिका काठमाडौंको कीर्तिपुरमा मतगणना जारी छ। यहाँ शुरूदेखि नै नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन्।

National life

पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका कृष्ण डंगोलले ३३८१ मत पाएका छन्। १२ हजार भन्दा बढी भोट गन्दा उनले ६५८ को अग्रता कायम राखेका छन्।

दोस्रोमा रहेका एमाले उम्मेदवार सुरेन्द्र मानन्धरले २७२३ मत पाएका छन् भने माओवादीले पनि दुई हजार कटाएको छ। माओवादी उम्मेदवार प्रा डा २२९८ मत पाएका छन्।

स्वतन्त्र उम्मेदवार राजमान महर्जनले १२०७ मत पाएका छन्। कीर्तिपुरमा करिब २० हजार मत खसेको छ।

प्रकाशित: Dec 02, 2024| 18:00 सोमबार, मंसिर १७, २०८१
प्रतिक्रिया दिनुहोस्