शनिबार, पुस ५, २०८२

एनपिएल

चलेन शिखर धवनको जादू, जनकपुरसँग कर्णाली याक्स पराजित

 |  सोमबार, मंसिर १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १७, २०८१

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित निकालेको छ।

National life

जनकपुरले आज विदेशी स्टार खेलाडीले भरिएको कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको हो। जनकपुरले आफ्नो पहिलो खेलमा विराटनगर किङ्सलाई हराएको थियो। कर्णालीको भने यो पहिलो खेल हो।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।

कर्णालीका चर्चित खेलाडीहरू शिखर धवन, चाडविक वाल्टन, बाबर हायत र जिसन मक्सुद चल्नै सकेनन्। गुल्सन झाले टोलीलाई केही समय सम्हाले।

यसअघि पहिलोपटक नेपालमा खेल्न आएका भारतीय चर्चित खेलाडी शिखर धवन १४ बलमा तीन चौकासहित १४ रन बनाएर आउट भएका थिए। पाँच बलको सामना गरेका ओपनर देव खनाल पनि एक रन बनाएर आउट भएपछि कर्णाली दबाबमा आएको थियो।

Laxmi sunrise bank
kumari

वेस्ट इन्डिजका चाडविक वाल्टनले पनि १३ बलमा जम्मा आठ रन बनाए। हङकङका अनुभवी खेलाडी बाबर हायत पनि २५ बलमा १२ रन बनाएपछि कर्णालीले सोचेजस्तो स्कोर खडा गर्न सकेन। ओमान पूर्वकप्तान जिसन मक्सुद भने डकआउट भए।

प्रकाशित: Dec 02, 2024| 16:04 सोमबार, मंसिर १७, २०८१
प्रतिक्रिया दिनुहोस्