सोमबार, असार ३०, २०८२

ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका माझी निर्वाचित

 |  सोमबार, मंसिर १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १७, २०८१

vianetvianet

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन्। माझी ६ हजार ९ सय ६९ मत प्राप्त गरी विजयी भएका हुन्। 

उनका निकटतम्  प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारूले ५ हजार ३ सय ३३ मत प्राप्त गरे। स्रो स्थानमा रहेका तुलसी राम विश्वासले ४ हजार १ सय ५९ मत ल्याउँदा राप्रपाका दिनेशकुमार थन्दारले ५ सय ५५ मत ल्याए।

२०७९ को स्थानीय तह निर्वाचनमा यस पालिकाको अध्यक्षमा कांग्रेस विजयी भएको थियो। कांग्रेसबाट निर्वाचित जयप्रकाश गच्छदारको निधनपछि उपनिर्वाचन भएको हो।

प्रकाशित: Dec 02, 2024| 08:48 सोमबार, मंसिर १७, २०८१
प्रतिक्रिया दिनुहोस्