सोमबार, मंसिर २९, २०८२

नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीकी देवका लामिछाने विजयी

 |  सोमबार, मंसिर १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १७, २०८१

जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख पदका लागि सम्पन्न उपनिर्वाचनमा नेकपा माओवादी (केन्द्र) की देवका लामिछाने विजयी भएकी छन्। उनले ४,२७२ मत प्राप्त गरिन्।

National life

उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्रा चन्दले ३,१४७ मत ल्याइन्। नेकपा एमालेकी सुनिता बोहराले २,५४२ मत ल्याइन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी पार्वती पुनले १७९ मत प्राप्त गरिन्। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी सुनिता पुन रावलले ५८ मत र नेपाल समाजवादी पार्टीकी पवित्रा जैसीले १७ मत पाएकी छन्।

२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुखमा निर्वाचित भएकी सरिता सिंहको २०८० साल कात्तिक १७ गते गएको भूकम्पमा मृत्यु भएपछि यो उपनिर्वाचन भएको हो।

प्रकाशित: Dec 02, 2024| 08:46 सोमबार, मंसिर १७, २०८१
प्रतिक्रिया दिनुहोस्