शनिबार, साउन ३०, २०८३

कीर्तिपुर नगरपालिका प्रमुखमा कांग्रेसका डंगोलको अग्रता

 |  सोमबार, मंसिर १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १७, २०८१

काठमाडौंको कीर्तिपुर नगरपालिका मेयरका लागि आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ। हालसम्म नेपाली कांग्रेसका कृष्णमान डंगोलले ५ सय मतान्तरले अग्रता लिएका छन्। 

सोमबार मध्याह्नसम्म डंगोलले १८९२ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले)का सुरेन्द्र मानन्धरले १३७८ मत पाएका हुन्। उनीहरूबीच ५१४ मतको अन्तर छ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जन तेस्रो स्थानमा छन्। उनले ११८८ मत प्राप्त गरेका छन्।

चौथो र पाँचौं स्थानमा स्‍वतन्त्र उम्मेदवार छन्। चौथोमा राजमान महर्जनले ७३६ मत पाउँदा पाँचौंमा रहेका दिनेशकुमार अधिकारीले ६४२ मत प्राप्त गरेका हुन्।

प्रकाशित: Dec 02, 2024| 07:12 सोमबार, मंसिर १७, २०८१
प्रतिक्रिया दिनुहोस्